सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
बिलबाओ, स्पेन :टोटनह्याम हट्सपरले १७ वर्षपछि ठूलो सफलता हात पार्दै युरोपाली दोस्रो श्रेणीको युईएफए युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। स्पेनको बिलबाओमा बिहीवार विहान सम्पन्न फाइनल खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि हात पारेकाे हाे ।
टोटनह्यामलाई जित दिलाउन खेलको पहिलो हाफमै ब्रेनन जोनसनले गरेको एकमात्रै गाेल निर्णायक बन्याे ।
खेलभरि दुवै टोलीले केही अवसरहरू पाए पनि, म्यानचेस्टर युनाइटेड बराबरी गर्न असफल रह्यो।
सन् २००८ यता टोटनह्यामले पहिलाे पटक महत्वपूर्ण प्रतियोगिताको उपाधि जितेको हो। सो वर्ष क्लबले अन्तिम पटक उपाधि जितेको थियो।
टोटनह्यामका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले सिजनको सुरुवातमै आफूले दोस्रो वर्षमा सधैँ उपाधि जित्ने दाबी गरेका थिए, जुन अहिले आएर पूरा भएको छ। यद्यपि, उनको नेतृत्वमा क्लबले आगामी दिनमा यात्रा जारी राख्छन या राख्दैनन् भन्ने विषय टुङ्गो लाग्न बाँकी छ।
यस जितले टोटनह्यामलाई आगामी वर्ष युरोपको शीर्ष क्लब प्रतियोगितामा सहभागिता जनाउने अवसर पनि दिलाएको छ। अब टोटनह्याम युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ।