dosa dosa

म्यानचेस्टर सिटीको प्रभावशाली जित

बुधबार, जेठ ७, २०८२

एजेन्सी : म्यानचेस्टर सिटीले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै बर्नमाउथमाथि ३–१ को जित हात पारेको छ। यस जितसँगै सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सिटीको ३७ खेलपछि ६८ अंक पुगेको छ, भने बर्नमाउथले समान खेलबाट ५३ अंक जोड्दै तालिकाको ११औँ स्थानमा सीमित रहनु परेको छ।

इत्तिहाद रंगशालामा मंगलबार राति भएको खेलमा सिटीका लागि ओमर मर्मश, बर्नार्डो सिल्भा र निको गोन्जालेजले गोल गरे। बर्नमाउथका लागि डान जेबिसनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।

खेलको १८औं मिनेटमै मर्मशले घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि २८औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीको लय अझै बलियो बनाए।
तर दोस्रो हाफमा खेलमा केही मोड देखियो – सिटीका माटियो कोभासिसले रातो कार्ड खाँदै मैदान छाडे, तर त्यसको केही समयमै बर्नमाउथका लेविस कुकले पनि रातो कार्ड पाएपछि दुबै टिम १०–१० खेलाडीमा सिमित भए।

८९औं मिनेटमा गोन्जालेजले सिटीको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। बर्नमाउथका लागि जेबिसनले इन्जुरी समयमा एक मात्र गोल फर्काए।

यो खेल सिटी मिडफिल्डर केभिन डी ब्रुएनाका लागि विशेष रह्यो, किनकि घरेलु रंगशालामा यो उनको अन्तिम खेल थियो। उनी यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुँदैछन्।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्