सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जित्दै लगातार दोस्रोपटक उपाधि उचाल्न सफल भएको छ। आइतबार बंगलादेशविरुद्ध गोल्डेन जुबली स्टेडियममा भएको रोमाञ्चक फाइनलमा भारतले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै उपाधि रक्षा गर्यो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। खेलको सुरुवातमै भारतले अग्रता लिएको थियो। दोस्रो मिनेटमै सिंगमायुम शामीले हानेको फ्रिकिक बल सिधै जाली चुम्दा भारत १–० ले अघि बढेको थियो। तर, ६१औं मिनेटमा बंगलादेशका जोय अहमेदले हुलमुलमा गरेको प्रहार भारतीय गोलकिपरको ढाडमा लाग्दै गोलमा परिणत भयो र खेल बराबरीमा फर्कियो।
पछि पेनाल्टी सुटआउटमार्फत खेलको छिनोफानो हुँदा भारत भाग्यमानी सावित भयो र ४–३ को जितसाथ उपाधि उचाल्यो।
भारतको उमेर समूह प्रतियोगितामा दबदबा यो उपाधिसँगै भारतले साफको उमेर समूह ( यु–१८, यु–१९ ,यु–२०) मा कूल ४ पटक उपाधि जितिसकेको छ।
यु–१९ च्याम्पियनसिपमा यो भारतको लगातार दोस्रो उपाधि हो।
२०२३ मा भारतले पाकिस्तानलाई ३–२ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो।
२०२५ मा बंगलादेशविरुद्ध पेनाल्टी सुटआउटमा जित्दै दोस्रो उपाधि जित्यो।
यु–१८च्याम्पियनसिप र यु–२० च्याम्पियनसिपमा पनि भारतले उपाधि जितिसकेको छ।
नेपालको गौरवपूर्ण इतिहास यसअघि भारतले उपाधि जित्नुअघि नेपालले पहिलो संस्करण (२०१५) मा घरेलु मैदानमा भारतलाई पेनाल्टी सुटआउट (५–४) मा हराउँदै उपाधि जितेको थियो। त्यसपछिको दोस्रो संस्करण (२०१७) भुटानमा सम्पन्न भएको थियो, जहाँ नेपालले फेरि भारतलाई २–० ले हराउँदै उपाधि जितेको थियो।