सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
इटानगर : साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधिका लागि आज भारत र बंगलादेशबीच रोमाञ्चक फाइनल हुँदैछ। खेल भारतको अरुणाचल प्रदेशस्थित युपियाको गोल्डेन जुबिली रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ।
भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो भने बंगलादेशले नेपाललाई २–१ ले हराएर उपाधि भिडन्त पक्का गरेको हो।
भारत उपाधि रक्षा गर्ने लक्ष्यमा भारतले यसअघि २०१९, २०२२ र २०२३ मा गरी तीन पटक साफ यु–१९ उपाधि जितिसकेको छ। हालसम्म प्रतियोगितामा अपराजित रहेको भारतको यो चौथो उपाधि जित्ने प्रयास हुनेछ। समूह चरणमा भारतले नेपाललाई ४–० र श्रीलंकालाई ८–० ले हराएको थियो।
बंगलादेशको पहिलो यु–१९ उपाधिका खोजी बंगलादेशले यसअघिका तीन संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न सकेको थिएन। सन् २०१७ मा नेपालसँग, २०१९, २०२२ र २०२३ मा भारतसँग फाइनलमा पराजित भएको बंगलादेश आज आफ्नो पहिलो साफ यु–१९ उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिनेछ।
महत्वपूर्ण कुरा के हो भने बंगलादेशले २०२४ मा साफ यु–२० च्याम्पियनसिप जितेको भए पनि उसले अझसम्म यु–१९ स्तरमा उपाधि जितेको छैन। त्यसैले आजको खेल बंगलादेशका लागि ऐतिहासिक अवसर बन्न सक्छ।
प्रतियोगिताको इतिहास: