सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा युनाइटेडलाई १–० ले पराजित गर्दै चेल्सीले चौथो स्थानमा स्थान सुरक्षित गरेको हो । जितसंगै चेल्सी च्याम्पियन्स लिगको नजिक पुगेको छ । चेल्सीको जितमा मार्क कुकरेल्लाले गरेको गोल नै निर्णायक बन्यो । खेलको ७१औं मिनेटमा रीस जेम्सले दिएको क्रसलाई मार्क कुकरेल्लाले हेडगोल गरे ।
युनाइटेडकालागि हैरी म्याग्वायरले गोल गरे पनि भिएआरमा अफसाइड देखिएपछि गोलले मान्यता पाएन । चेल्सी र एस्टन भिल्लाको समान ६६ अंक भए पनि गोलअन्तरमा चेल्सी अगाडि रहेको छ ।
कसरी पुग्छ च्याम्पियन्स लिगमा ? प्रिमियर लिगको शीर्ष ४ टोलीहरूलाई सिधै च्याम्पियन्स लिगमा जान मौका मिल्छ । यसले युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । चेल्सीले यो सिजन शीर्ष ४ मा रहन सकेमा च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नेछ । चेल्सीको निर्णायक खेल बाँकी चेल्सीले अन्तिम खेल २० मे मा नटिङ्घम फरेस्टसँग खेल्नेछ । यदि त्यो खेल जितेमा चेल्सीको च्याम्पियन्स लिगको स्थान पक्का हुनेछ । बाकी टोलीहरूले पनि अन्तिम खेलमा स्थान बनाउन प्रयास गरिरहेका छन्।
चेल्सीले ३७ खेलबाट ६६ अंक जोडेको छ र चौथो स्थानमा छ। शीर्ष पाँच क्लबहरूको अवस्था :