yt yt
यु–१९ च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

शुक्रबार, जेठ २, २०८२

काठमाडौँ :नेपाल यु–१९ च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालमा आज भएको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसंग २–१ ले पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफमा दुबै टोलीले गोल रहित बराबरी खेलेपनि बङ्गालादेशले दोस्रो हाफमा नेपाल विरुद्द गोलको वर्षा गरेको हो । खेलको ७४ औं मिनेटमा आशिकर रहमानले गोल गर्दै बङगलादेशले अग्रता बनाएको थियो ।

खेलको ८० औँ मिनेटमा कप्तान नाजमिल हुदा फैजालले दोस्रो गोल गर्दै बङ्गालामदेशकालागि अग्रता दोब्बर बनाए । ८६ औँ मिनेटमा सुजन डंगोलले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।

जितसंगै बङ्गालादेश फाइनलमा पुगेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्