Dosa Dosa

मैत्रीपूर्ण खेलकालागि ३१ खेलाडी बन्द प्रशिक्षणमा

शुक्रबार, जेठ २, २०८२

काठमाडौँ: महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीस्वरूप ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

नेपालले मे ३० मा बैंककमा अभ्यास खेल खेल्नेछ भने जुन २ मा औपचारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। यी दुवै खेल आगामी एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट चरणको तयारीका लागि महत्वपूर्ण मानिएको छ। नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ उसले उज्बेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। प्रतियोगिता मे ४ बाट सुरु हुनेछ।

प्रशिक्षक तामाङले अनुभव र युवा खेलाडीहरूको संयोजन गर्दै टोली बनाएका छन्।

३१ सदस्यीय प्रारम्भिक टोली यस प्रकार छ:

गोलकिपरहरू:

  • अञ्जिला तुम्बापो सुब्बा

  • अञ्जना राना मगर

  • उषा नाथ

  • लिला जोशी

डिफेन्डरहरू:

  • गीता राना

  • निशा ठोकर

  • अमृता जैशी

  • पूजा राना

  • विमला बिके

  • मन माया दमै

  • समीक्षा घिमिरे

  • प्रतीक्षा चौधरी

  • सबिना चौधरी

मिडफिल्डरहरू:

  • रेनुका नगरकोटी

  • प्रीति राई

  • सरु लिम्बु

  • सरस्वती हमाल

  • हिमा राउत

  • तुलसा बोहरा

  • विमला चौधरी

  • अनिता बस्नेत

  • सबिता राना मगर

  • सुषमा तामाङ

फरवार्डहरू:

  • सबित्रा भण्डारी

  • रेखा पौडेल

  • रश्मी कुमारी घिसिङ

  • अनिता केसी

  • चन्द्रा भण्डारी

  • मीना देउवा

  • ममता पुन

  • पूर्णिमा राई

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्