सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : रियल म्याड्रिडका स्टार फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेले २०२४/२५ सिजनमा क्लबको लागि ४० औं गोल गर्दै एक महत्वपूर्ण कीर्तिमान तोडेका छन्। डेब्यू सिजनमै ४० गोल गर्ने उनी क्लब इतिहासका खेलाडीहरूमध्ये एक बनेका छन्।
बुधबार राती भएको स्पेनिस ला लिगाको खेलमा मालोर्काविरुद्ध एम्बाप्पेले ६६ औं मिनेटमा गोल गर्दै आफ्नो यस सिजनको गोल संख्या ४० पुर्याए। यो गोल रियल म्याड्रिडको २-१ को रोमाञ्चक जितमा निर्णायक रह्यो।
एम्बाप्पेको सिजनको संक्षिप्त विवरण: ला लिगा गोल :२८
च्याम्पियन्स लिग गोल:७
कोपा डेल रे गोल:२
स्पेनिस सुपर कप गोल:१
युएफा सुपर कप गोल: १
अन्तरमहाद्वीपीय कप गोल: १
कुल गोल: ४० (५४ खेलमा)
रियल म्याड्रिडका लागि डेब्यू सिजनमा सबैभन्दा बढी गोल यसअघि रियल म्याड्रिडमा डेब्यू सिजनमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान १९९२र९३ मा इवान जामोरानोले राखेका थिए, जसले ३७ गोल गरेका थिए। एम्बाप्पेको ४० गोलले यो कीर्तिमान भत्किएको हो।
अंक तालिकामा पनि प्रभाव रियल म्याड्रिडले मालोर्कालाई हराएर लिगको शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको छ। हालसम्म रियलले ३६ खेलमा ७८ अंक संकलन गरेको छ भने बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेको छ।