सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौ :यु–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
आईतवार भएको आफ्नो पहिलो खेलमा श्रीलंकाबिरुद्द ५–० को शानदार जित निकाल्दै नेपालले सिधै सेमिफाइनलमा स्थान समेत बनाएको छ । नेपालको जीतमा सुजन डंगोल, धवेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञाान खड्का र लक्ष्छु थापाले गोल गरे ।
नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली भारतसंग प्रतिस्पर्धा गर्नेछ । यहि खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । जीतसंगै समूह ‘बी’ मा रहेको नेपालले तीन अंक जोड्दै समहुकोे दोस्रो स्थानमा पुगेको छ ।
दुवै खेलमा पराजित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा श्रीलंका भारतसँग ८–० गोलले पराजित भएको थियो । आइतवारनै भएको खेलमा भुटानलाई पराजित गर्दै बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाएको छ । गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा भुटानलाई बंगलादेशले ३–० ले पराजित गरेको थियो ।