yt yt

नेपालले आज श्रीलंकासँग खेल्दै

आइतबार, वैशाख २८, २०८२

काठमाडौँ :यु–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्देछ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल राति पौने ८ बजे भारतको अरुणाञ्चलस्थित युपियामा रहेको गोल्डेन जुब्ली स्टेडियममा सुरु हुनेछ । नेपाल रहेको समूह बी मा श्रीलंका र भारत छन् । समूह 'ए'मा माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले दोस्रो खेलमा पर्सि मे १३ मा भारतसँग प्रतिस्पर्धाा गर्नेछ । नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्