सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : फिफा महिला विश्वकपमा १६ ओटा टोली थपिने भएका छन् ।
सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याईने विश्व फुटबल नियामक संस्था फिफाले जनाएको छ । विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको फिफाले जनाएको छ । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसरको ढोका खोलिएको फिफाको दाबी छ । ४८ टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछन् ।
विश्वकपमा सहभागि हुने टोलीको संख्या बढेसंगै कुल खेल संख्यापनि ६४ बाट बढेर १०४ पु¥याईनेछ । प्रतियोगिता एक हप्ता थप लम्बिने फिफाले उल्लेख गरेको छ ।सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए ।