सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्सनलविरुद्ध पएिसजीले समग्रमा ३–१ को नतिजा निकालेको हो । उपाधिका लागि पिएसजीले अब इन्टर मिलानविरुद्ध म्युनिखमा खेल्नेछ ।
खेलको २७ औँ मिनेटमा फेबियन रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ बराबरीमा रोकिएपनि खेलको ७२ औँ मिनेटमा आच्रर हाकिमीको गोलमा पीएसजीले अग्रता दोब्बर बनायो ।
२–० ले पछि परेको आर्सनलका लागि बुकायो साकाले खेलको ७६ औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेनन् । थप गोल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरिएको छ ।