चेल्सीसंग लिभरपुलको अप्रत्यासित हार 

सोमबार, वैशाख २२, २०८२

काठमाडौँ :इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि विजेता लिभरपुलले अत्प्रयासित हार ब्यहोरेको छ ।

आइतवारराती भएको खेलमा लिभरपुल चेल्सीसंग ३–१ गोलले स्तब्ध बनेको हो । चेल्सीले खेलको तेस्रो मिनेट देखिनै लिभरपुललाई दबाबमा राखेको थियो । चेल्सीकालागि खेलको तेस्रो मिनेटमै एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाए ।

खेलको ५६ औँ मिनेटमा जारेल अमोरिन क्वान्साहको आत्माघती गोल उपहार पाएको चेल्सीकालागि कोल पामरले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे ।

खेलको ८५ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुलले खेलका फर्कने प्रयास गरेपनि सफल हुन सकेन । जितसंगै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट हुने सम्भावना बलियो बनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्