diwpawali diwpawali

म्याट रसले बोलाए ३० खेलाडीहरूलाई बन्द प्रशिक्षणमा

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ :मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि ३० खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाईएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीहरूलाई बोलाएका हुन् ।

नेपालले आगामी चैत्र ८ गते  सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । लगत्तै चैत्र १० गते नेपालले मलेसिया विरुद्धको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि आइतबार प्रशिक्ष नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुन लागेको हो । 

यी हुन बन्द प्रशिक्षणमा परेका प्रारम्भिक टोली :

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास ।

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु ।

फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्