नेपाल सुपर लिगको तेस्रो सिजन चैतमा 

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौँ :नेपाल सुपर लिगको तेस्रो सिजन आगामी चैतमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने नेपाल सुपर लिगको तेस्रो सिजन यही २०८१ चैत १६ गतेबाट सुरु हुने एन्फाले जनाएको हो ।

एन्फा महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई चैत्र १६ गतेबाट सुरु हुनेगरी अनुमतिपत्र प्रदान गरेका छन् ।  महासचिव राईले लिगले नेपाली फुटबलको स्तरउन्नतिको लागी महत्वपूर्ण छाप छोडेको र नेपाली फुटबलको विकासमा ठूलो योगदान पुर्याएको बताए ।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक कार्कीले नेपाल सुपर लिगको तेस्रो सिजनका लागि उत्साहित रहेको र नेपाल सुपर लिगका फ्यानहरुलाई तेस्रो सिजन झनै स्मरणीय बनाउने बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्