T10 T10

भारत र दक्षिण अफ्रिका खेल्दै

शुक्रबार, कात्तिक ३०, २०८१
Global

काठमाडौँ : भारत र दक्षिण अफ्रिकाबीचको चौथो तथा अन्तिम टि–२० आई सिरिज आज हुँदैछ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा नेपाली समयअनुसार बेलुकी ८४५ बजे हुने खेलमा  भारत श्रृङ्खला  जित्ने दाउमा हुनेछ । श्रृङ्खला अन्तर्गतको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित निकालेको थियो ।

सोमबार भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतमाथि ३ विकेटको जित निकालेपछि श्रृङ्खला एकएको बराबरीमा पुगेको थियो । तर बुधबार भएको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकामाथि ११ रनको जित निकालेपछि भारतले श्रृंखलामा २–१ को अग्रता बनाएको छ।

आजको खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेमा भारतले दक्षिण अफ्रिका विरुद्धको टि–२० श्रृंखला ३–१ले आफ्नो पक्षमा पार्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्