वेस्टइन्डिज विरुद्ध इङ्ल्याण्डको दोस्रो जित

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ : वेस्टइन्डिज विरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिजमा इङ्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ।

आईतवार राति भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजमाथि इङ्ल्याण्डले सात विकेटको जित निकालेको हो। वेस्ट इन्डिजले जितका लागि दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो।

इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ८३ रनको योगदान गरे वेल ज्याक्सले ३८ तथा लियम लिभिङ स्टोनले २३ रन जोडेका थिए ।  

त्यसअघि बृज टाउनमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलु टोली वेस्टेनिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोमन पावेलले ४३ रनको योगदान गरे। रोमारियो शेफर्डले २२ रन जोड्दा निकोलस पुरनले १४ रन जोडेका थिए । यसअघि भएको पहिलो खेलमा  वेस्टइन्डिज ८ विकेटले पराजित भएको थियो।  

यो सँगै  पाँच खेलको टि–२० श्रृङ्खलामा इंग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्