yt yt

वेस्टइन्डिज ‘ए’द्धारा नेपाललाई १७३ रनको लक्ष्य

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौँःनेपालबिरुद्धको अन्तिम टी–२० सिरीजमा पाहुना टोली वेस्टइन्डिज ‘ए’ले जितका लागि १७३ रनको चुनौति पेश गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको वेस्टइन्डिज ‘ए’ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

उसका लागि एलिक एथेनाजे नटआउट रहँदै सर्वाधिक ४२  रन जोडे ।  रोस्टन चेसले ३३ तथा म्याथ्यू फोर्डले २३ रनको योगदान गरे । जोन्सन चाल्र्सले २४ तथा म्याथ्यू फोर्डले २३ रन जोडे । बलिङतर्फ सागर ढकालल र सोमपाल कामीले समान ३/३ विकेट हात पारे । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्