yt yt

सिन्धुपाल्चोकमा दुई दिने विद्यालय क्रिकेट प्रशिक्षण

शनिबार, असार २९, २०८१

काठमाडौँ : सिन्धुपाल्चोकमा दुई दिने विद्यालय क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला क्रिकेट संघ सन्धुपाल्चोको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल शिक्षकहरु सहभागि भएका थिए । जिल्ला क्रीकेट संघका सचिब अजय कुमार धितालका अनुसार बिद्यालयमा क्रिकेट खेललाई प्रभाबकारी बनाउन शिक्षकहरुलाई ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा प्रशिक्षण दिईएको बताए ।

प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको गतिविधिलाई सुरु देखिनै आफुले नियालेर हेरिरहेको बताउँदै सिन्धुपाल्चोक क्रिकेटले छोटो समयमै छुट्टै पहिचान बनाउन सफल बनाएकोमा खुसी ब्यक्त गरे ।

दुई दिन सम्म चलेको प्रशिक्षणमा सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ जना प्रशिक्षार्थी (कोच)हरुले  सहभागिता जनाएका थिए । 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्