सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
बेंगलुरु : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को १९ औँ सिजनमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले ऐतिहासिक र विजयी सुरुवात गरेको छ। गएराति घरेलु मैदान चिन्नास्वामी स्टेडियममा भएको उद्घाटन खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै आरसीबीले सुखद यात्रा तय गरेको हो।
हैदराबादले दिएको २०१ रनको विशाल लक्ष्यलाई आरसीबीले मात्र १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै आरसीबीले आईपीएल इतिहासमा सबैभन्दा छिटो २०० भन्दा बढी रनको लक्ष्य पछ्याउने नयाँ कीर्तिमान समेत बनाएको छ। यसअघि सन् २०२५ मा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध १५.५ ओभरमा लक्ष्य भेट्टाएर बनाएको कीर्तिमान आरसीबीले तोडेको हो।
आरसीबीको जितमा विराट कोहलीले ६९ रनको योगदान दिए भने देवदत्त पडिक्कलले मात्र २६ बलमा ६१ रनको विष्फोटक इनिङ खेले। बलिङतर्फ आरसीबीका लागि डेब्यु गरेका ज्याकब डफीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए।
हैदराबादका लागि इशान किशनले ३८ बलमा ८० रनको सानदार पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
खेल सुरु हुनुअघि गत जुन ४ मा बेङ्गलोरमा विजय परेडका क्रममा भएको भागदौडमा ज्यान गुमाउने ११ जनाको सम्झनामा खेलाडी र दर्शकले दुई मिनेट मौन धारण गरेका थिए।