शुश्रुत दाहाल ६४औँ बद्रीलाल जन्मोत्सव चेस च्याम्पियन 

शनिबार, चैत १४, २०८२
Global

ललितपुर :तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४ ओैं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। 
देशभरका प्रतिभाशाली १५० जना राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको प्रतिस्पर्धामा ८ अंक सहित झापाका सुश्रुत दाहाल प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
पभिलियन चेस एकेडेमीका प्रशिक्षक सुश्रुतले अन्तिम चरणको खेलमा सेतो गोटीवाट खेलेका युवा खेलाडी मुहान नरसिंह श्रेष्ठको गल्ती समाउदै टाइब्रेकरका आधारमा उपाधि जितेका हुन्। 
कालो गोटी वाट खेलेका सिएम सुश्रुत दाहालले उपाधि सँगै नगद पुरस्कार रु. २० हजार, आकर्षक ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
दोस्रो वोर्डमा काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारी विरुद्ध कठिन जित दर्ता गर्दै समान ८ अंक सहित दोस्रो स्थानमा रहे ।
कालो गोटी लिएर खेल जितेका पुरुषोत्तमले द्वितीय पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।
यसैगरी पाँचथरका रिशान थापा ७.५ अंक जोडेर तेस्रो हुदै नगद रु. १० हजार, काठमाडौंका पुरुषोत्तम चालागाईं चौथो बन्दै नगद रु. ८ हजार प्राप्त गरेका छन्।
स्पर्धामा ७ अंक जोडेर दोलखाका आशिष फूँयाल, मकवानपुरका एफएम  क्षितिज भण्डारी, पाँचथरका महेन्द्र कुमार सम्बाहाम्फे क्रमशः पाँचौ, छैटौं र सातौ स्थान कब्जा जमाउदै नगद पुरस्कार प्राप्त गरेका छन्।
यस्तै ६.५ अंक जोडेका खोटाङका खेलाडी धिरेन राई, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, काठमाडौंका सिएम केशब श्रेष्ठ दशौं भए।
समान अंकका साथ मोरङका प्रेम खड्का, भक्तपुरका निकेन कुसाथा, धनुषाका सुशील चौधरी, सर्लाहीका कमल श्रेष्ठ तथा भक्तपुरका गणेशमान दुवाल क्रमशः पन्ध्रौं स्थानमा अन्त्य गर्दै नगद पुरस्कार ग्रहन गरे।
यसैगरी महिला विधा तर्फ तिनजना काठमाडौंका राधिका पौडेल प्रथम, सिन्डिरा जोशी द्वितीय र नेलिशा ओझा तृतीय भइन्। 
अनरेटेडतर्फ झापाका मुकुन्द घिमिरे उत्कृष्ट घोषित भए भने काठमाडौंका राज केसी र हेटौंडाका रिवाज श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने।
विभिन्न रेटिङ र उमेर समूहतर्फ पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट इलो १९०० मा चितवनका सन्तोष गौतम, १८०० मा सिन्धुलिका हेम भण्डारी, १७०० मा दोलखाका प्रबिन मगर र १६०० मा काडौंका दिपन मैनाली उत्कृष्ट घोषित भए। 
यसैगरी ५५ वर्षको भेट्रान तर्फ काडौंका सिएम भगवती प्रसाद शर्मा र ६० वर्षमा मोरङका पूर्णराज खड्का विजेता बने। किशोरतर्फ युवा १६ मा मोरङका काशिव कार्की, युवा १४ मा  काडौंका प्रबिर केसी, युवा १२ मा गोरखाका अभिक रेग्मी र युवा १० मा काडौंका सुनभ ओझाले उत्कृष्ट बन्दै नगद जिते।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता खेलाडीलाई कूल १ लाख ५१ हजार रुपैयाँ पुरस्कार वितरण गरेका छन्।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्