ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–१८ युथ लिग फुटबलको तयारी पुरा,१२ टोलीले सहभागिता जनाउने

बुधबार, असार २६, २०८१

काठमाडौँ : आगामी आईतवारबाट हुने ललित स्मारक एन्फा यू–१८ युथ लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले लिगको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पत्रकार सम्मेलनमा बोल्दै एन्फा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक खतिवडाले प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने बताए ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब० सहभागि हुनेछन् । डबल राउण्ड रोबिनका आधारमा खेलाईने प्रतियोगितामा सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन् ।

लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । सर्वाधिक मूल्यवान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको तयारीबापत सहभागी क्लबललाई ३ लाख ५० हजार रुपैयाँ दिईने एन्फाले जनाएको छ ।

सबै खेलहरू एन्फाको युट्युब र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्