ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकासंग फेरि हार्‍यो नेपाल 

बुधबार, असार २६, २०८१

काठमाडौँ : एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ ।

आज भएको दोस्रो टी – २० अभ्यासमा नेपाल श्रीलंका डेभलपमेन्ट ११ संग ४ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १०७ रनको लक्ष्य श्रीलंकाले १९दशमलब ५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

त्यसअघि  पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन मात्र बनाएको थियो । नेपालका लागि कबिता कुँवरले सर्वाधिक २९ रनको योगदान गरिन् । इन्दु वर्माले २८ रन जोडिन् ।

पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्