ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतसंग दक्षिण अफ्रिका १० विकेटले पराजित

बुधबार, असार २६, २०८१

एजेन्सी : दक्षिण अफ्रिका र भारतबीचको महिला टि–२० सिरिज बराबरीमा सकिएको छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतमाथि १२ रनको जित निकाल्दा तेस्रो खेलमा भारत विजयी भएपछि सिरिज १–१ को बराबरीमा सकिएको हो । दोस्रो खेलभने रद्ध भएको थियो । मंगलवार भएको अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गरेको हो । जितकालागि दक्षिणअफ्रिकाले दिएको ८५ रनको लक्ष्य भारतले १०.५ ओभरमा विना विकेटको क्षतिमा भेटायो ।

भारतको जितमा मन्दना स्मृतिले ५४ तथा शफाली वर्माले अविजित २७ रनको योगदान गरिन् । त्यसअघि एम ए चिन्नास्वामी स्टेडियम चेन्नेईमा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिका १७.१ ओेभरमा अलआउट हुँदै  ८४ रनमा समेटिएको थियो । उसकालागि तज्मिन ब्रिट्सले सर्वाधिक २० , एनेके बोशले १७ तथा मरिज्यान क्यापले १० रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्