सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दिल्ली क्यापिटल्सले आक्ष्पिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
बुधवार राती भएको खेलमा लखनाउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै दील्लीले विजयी सुरुवात गरेको हो । जितनकालागि लखनाउले दिएको १४१ रनको लक्ष्य दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दील्लीको जितमा समीर रिजवीले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ७० रन बनाए । ट्रिस्टन स्टब्सले ३९ तथा नितिश रानाले १५ रन बनाए । त्यस अघि एकना क्रिकृट मैदानमा टस हारेर ब्याटिङमा तानिएको लखनाउले पूरा समेत खेल्न सकेन ।
लखनाउ १८.४ ओभरमा १४१ रनमा अलआउट भयो । उसकालागि अब्दुल समादले जोडेको ३६ रन नै सर्बाधिक रह्यो ।मिचेल मार्सले ३५ रन बनाए । यहि खेलबाट मार्सले टी–२० क्रिकेटमा ३०० छक्का प्रहार गरेका छन् । यो उपलब्धी हासिल गर्ने उनी बिश्वका ६६ नम्बरमा रहेका छन् ।