ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यूरोकप सेमिफाईनल : आज स्पेन र फ्रान्स भिड्दै

मंगलबार, असार २५, २०८१

एजेन्सी : यूरोकप फुटबलको सेमिफाईनलमा आज स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

जर्मनीको आलिआन्ज एरिनामा नेपाली समअनुसार राती पौने १ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाईनल पुग्ने योजनामा हुनेछ । उपाधि दाबेदार मानिएको स्पेन चौथो तथा फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन् ।

फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ। जसमध्ये स्पेनले १६ तथा फ्रान्सले १३ खेल जितेका छन्। यद्यपि पछिल्ला आठ खेल मध्ये फ्रान्सले पाँच खेलमा  जित हात पारेको छ ।

स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् । यी दुईबीचको खेल भोली राती हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्