ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फाले २५ महिलालाई रेफ्रि कोर्ष गराउँदै 

मंगलबार, असार २५, २०८१

काठमाडौँ : अखिल नेपाल फटबलसंघ एन्फाले महिलालाई रेफ्रि कोर्ष गराउने भएको छ ।

एन्फाको बार्षिका कार्यक्रम अनुसार एन्फा रेफ्रि संघको समन्वयमा आगामी साउन २२–२८ गतेसम्म महिला रेफ्रि कोर्ष गराउन लागेको हो । एन्फामा आवद्ध ४८ जिल्ला फुटबल संघहरुबाट २५ जना महहिलाकाहरुका लागि आवेदन माग गरिएको एन्फाका महासचिव किरण राईले जानकारी दिए ।

एन्फा महिला रेफ्रि कोर्षमा एन्फा अन्तर्गत गठीत ईच्छुक जिल्ला फुटबल संघबाट महिला रेफ्रि प्रशिक्षार्थीहरु (यदि भएमा बढीमा ३ जना सम्म मात्र) सिफारीस गरी सहभागी गराउन पत्राचार भएको उनले बताए । एन्फा महिला रेफ्रि कोर्षमा २५ जनालाई सहभागीता प्रदान गरीने भएकोले प्राथमिकताको आधारमा अगाडी दर्ता गर्ने सहभागीलाई प्राथमिकता दिईने छ ।

यदी २५ जना भन्दा बढी भएमा निकट भविष्यमा अर्को प्रशिक्षण कार्यक्रम संचालन गरी अवसर दिईने एन्फाले जनाएको छ । प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीहरुले नेपाली नागरिकताको संक्कल प्रति एसइई उत्तिर्ण भएको प्रमाण–पत्रको सक्कल प्रति मेलमा पठाउनु पर्नेछ ।

कम्तिमा १८ वर्ष पुरा भै ३० वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाईने एन्फाले जनाएको छ । 

450552408_785251330434021_1006288436709010502_n-1720524202.jpg


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्