ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकासंग नेपाल ३३ रनले हार्‍यो

मंगलबार, असार २५, २०८१

काठमाडौँ : श्रीलंकासंगको पहिलो अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली पराजित भएको छ ।

नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन श्रीलंका पुगेको नेपाली महिला टोली श्रीलंका डेभलवमेन्ट एघारसंग ३३ रनले पराजित भएको हो । वर्षाका कारण १५ ओभरमा छोटाईएको खेलमा नेपाल डिएलएस मेथर्ड अनुसार ३३ रनले पराजित हुन पुगेको हो ।

जितकालागि श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले ९६ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले १७ तथा सिता रानामगरले ११ रन जोडिन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्