ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरो कप :

इंग्ल्याण्ड र नेदरल्याण्ड्स युरोकपको सेमिफाईनलमा

आइतबार, असार २३, २०८१

एजेन्सी : स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड युरो कप २०२४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

डुसेलडोर्फमा शनिवार राती भएको खेलमा दुवै टोली १–१ को बराबरीमा सरोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डलाइ ५–३  गोललले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

शनिवार राती नै भएको अर्को खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सपनि सेमिफाईनलमा पुगेको छ । एस अकायदिनले ३५ औँ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि जित दिलाउन सकेनन् ।

nethrelands-1720320838.jpg

७० औँ मिनेटमा एस द भ्रिजाले बराबरी गोल फर्काए । त्यसको ६ मिनेटपछि टर्कीले आफ्नै पोष्टमा गोल हानेपछि नेदरल्याण्ड्सको जित सुनिश्चित भयो ।

खेलको ईन्जुरी समयमा टर्कीका  बि यल्दीराम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्