ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप फुटबल :

फ्रान्स र स्पेन युरोकपको सेमिफाईनलमा

शनिबार, असार २२, २०८१

एजेन्सी : फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शुक्रवार राती भएको खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्सले युरोकपको सेमिफाईनलमा स्थान  सुरक्षित गरेको हो । शुक्रवार राती नै भएको अर्को खेलमा जर्मनीलाई पाखा लगाउँदै स्पेनले पनि सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो ।

जर्मनीको ह्यामबर्गमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा फ्रान्सले पोर्चुगलमाथि ५–३ गोलअन्तरले हराउन सफल भयो । अर्को खेलमा स्पेनले जर्मनीलाई २–१ गोलले पाखा लगाएको हो । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्