T10 T10

इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा 

बिहीबार, फागुन २१, २०८२
Global

काठमाडौँ :डिफेन्डिङ च्याम्यिन भारत आइसीसी टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार राती भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै भारतले फाइनलमा न्युजल्याण्डसंग भेट पक्का गरेको हो । जितकालागि भारतले दिएको २५४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित अनेभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । उसकालागि २२ बर्षिय ठिटोले ज्याकोब बेथलले शतकिय पारी खेल्दै १०५ रन बनाएपनि हार टार्न सकेनन् ।

त्यसअघि मुम्बईको वानखेडेमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल योगफल बनाएको हो ।

भारतकालागि सञ्जु सामसैनले सर्वाधिक ८९ रनको योगदान गरे । ४२ बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गरे । शिवम दुवेले ४३ तथा इशान किशानले ३९ रन जोडे ।

हार्दिक पाण्ड्याले २७ तथा तिलक वर्माले २१ रन जोडे । बलिङतर्फ वील ज्याक र आदील रशीदले २२ विकेट लिए ।

जितसंगै भारतले सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसंग भोगेको १० विकेटको हारको बदला समेत लिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २३:१४
प्रतिक्रिया दिनुहोस्