सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं: मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सीडब्ल्यूसी लिग–२ अन्तर्गतका खेलहरू स्थगित गरिएको छ। मार्च १० देखि नेपालमामा सुरु हुने तय भएका प्रतियोगिताका सबै खेल अर्को सूचना नआएसम्मका लागि रोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
स्थगित भएका खेलहरूमा नेपालसंगै ओमान र युएई सहभागी हुने तालिका थियो।
क्यानका अनुसार अनुसार सम्बन्धित निकायहरूसँग थप परामर्श गरेपछि नयाँ मिति सार्वजनिक गरिनेछ। प्रतियोगिताको नयाँ तालिका केही दिनभित्रै घोषणा हुने अपेक्षा गरिएको छ।