सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपालले च्याम्पियनसिपका समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ ।
यस समूहमा आयोजक माल्दिभ्स, भुटान र श्रीलङ्का रहेको छ । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको छ । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
नेपाली टोली
धर्बेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारू, गणेश पुलामीमगर, जोन विष्ट, निशान राज लवाट, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रणजित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुबास बम, सुजन बस्नेत र सुजन डङ्गोल ।