T10 T10

रोहित पौडेलको वरियता खस्कियो 

बुधबार, फागुन २०, २०८२
Global

काठमाडौँ :नेपाली टोलीको टी–२० ब्याटिङ वरियता खस्किएको छ ।

आइसीसीले बुधवार सार्बजनिक गरेको वरियतामा कप्तान रोहित कुमार पौडेलको वरियता दुई स्थान खस्किएको छ । यसअघि ८२ औँ स्थानमा रहेका उनी नयाँ वरियतामा ८४ औँ स्थानमा आइपुगेका छन् ।

कुशल भुर्तेको पनि वरियता एक स्थान खस्किएर ८६ औँ स्थानमा छन् । आशिफ शेख ८९ औँ स्थानमा यथावत छन् । दिपेन्द्र सिं ऐरिको पनि वरियता एक स्थान खस्किएर ६२ औँ स्थानमा पुगेका छन् ।

वरियताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा यथावत रहँदा पाकिस्तानका साहिबजादा फरहान दोस्रो स्थानमा उक्लिएका छन् । इग्ल्याण्डका पिल साल्ट तेस्रो स्थानमा झरेका छन् । यसअघि उनी दोस्रोमा थिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्