T10 T10

दक्षिण अफ्रिकालाई हराउँदै न्युजल्याण्ड फाइनलमा

बुधबार, फागुन २०, २०८२
Global

काठमाडौँ :जारी विश्वकपमा अपराजित दक्षिण अफ्रिकालाई सहजै हराउँदै न्युजल्याण्ड टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

बुधवार राती भएको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार दक्षिण अफ्रिका ९ विकेटले पराजित भएको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको १७० रनको मध्ययम लक्ष्य न्युजल्याण्डले १२.५ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो। न्युजल्याण्डको जितमा फिन एलनले अविजित रहँद ३३ बलमा शतक प्रहार गरे । उनले टी-२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतककाे  किर्तीमान समेत बनाएका छन् ।एलनले वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको रेकर्ड समेत तोडेका छन् । गेलले सन् २०१६ मा इङ्गल्याण्ड विरुद्ध ४७ बलमा शतक बनाएका थिए।

अर्का ओपनर टीम साइफर्डले ५८ रन जोडे ।

बलिङतर्फ कागिसो राबाडाले बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो र उसकालागि  मार्को जेनसनले अविजित ५५ रन जोडेका थिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्