सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी टी-२० विश्वकपको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडेमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल योगफल बनाएको हो । भारतकालागि सञ्जु सामसैनले सर्वाधिक ८९ रनको योगदान गरे । ४२ बल खेलेका उनले ८ चौका र ७ छक्का प्रहार गरे ।
शिवम दुवेले ४३ तथा इशान किशानले ३९ रन जोडे । हार्दिक पाण्ड्याले २७ तथा तिलक वर्माले २१ रन जोडे । बलिङतर्फ वील ज्याक र आदील रशीदले २२ विकेट लिए ।
सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई पराजित गरेको थियो ।