T10 T10

भारतको जितले दक्षिण अफ्रिका सेमिफाइनलमा

बिहीबार, फागुन १४, २०८२
Global

काठमाडौँ :भारतले जिम्बावेलाई पराजित गरेपछि दक्षिण अफ्रिका आइसिसी पुरुष टी–२० विश्वकपको समिफाइनलमा पुगेको छ ।

सुपर–८ अन्तर्गतको खेलमा जिम्बाव भारतसंग ७२ रनले पराजित भएको हो । जितकालागि भारतले दिएको जारी 
विश्वककै सर्वाधिक २५७ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । उसकालागि ब्रायन बेनेटले अविजित रहँदै सर्वाधिक ९७ रनको योगदान गरेपनि हार टार्न सकेनन् ।

कप्तान सिकन्दर राजाले ३१ तथा मारुमानीले २० रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५६ रन बनाएको थियो ।

भारतकालागि अभिषेक शर्माले सर्वाधिक ५५ तथा हार्दिक पाण्ड्याले ५० रन जोडे । आइतवार हुने भारत र वेष्टइण्डिजबीचको  खेल निर्णायक हुने छ । जित्ने टोली सेमिफाइनल पुग्दा पराजित टोली बाहिरिने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्