T10 T10

टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा 

आइतबार, फागुन १७, २०८२
Global

काठमाडौँ :आइसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चार ओटै टोलीको टुंगो लागेको छ ।

आइतवार राती भएको समुह १ अन्तर्गत वेष्टइण्डिज र भारतबीचको खेल सकिएसंगै सेमिफाइनल समिकरण पूरा भएको हो । समुह-१ बाट दक्षिण अफ्रिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने वेष्टइण्डिजलाई ५ विकेटले हराएर भारतले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । जितकालागि वेष्टइण्डिजले दिएको १९६ रनको विशाल लक्ष्य भारतले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा सञ्जु सामसन नायक बने ओपनरका रुपमा आएको उनले अविजित ९७ रन बनाए । समुह २ बाट इग्ल्याण्ड र न्युजल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा खेलहरु आगामी बुधवारबाट सुरु हुनेछ । बुधवार हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजल्याण्ड भीड्ने छन् ।

दोस्रो सेमिफाइनलमा इग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुने छ । 

semi-finals-team-1772386562.jpg


 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २३:२१
प्रतिक्रिया दिनुहोस्