सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसिसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् । खेल कोलकातास्थित इर्डन गार्डेन मैदानमा नेपाली समयअनुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
अपराजित यात्रालाई निरन्तरता दिँदै दक्षिण अफ्रिका फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । सुपर आठको समूह–१ को विजेताका रूपमा सेमिफाइनल पुगेको दक्षिण अफ्रिका आत्मविश्वासमा देखिएको छ ।
उता समूह–२ को उपविजेता न्युजिल्यान्ड भने दक्षिण अफ्रिकाको लय तोड्दै दोस्रो पटक फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ । न्युजिल्यान्डले सन् २०२१ को विश्वकप फाइनल खेले पनि अस्ट्रेलियासँग पराजित भएको थियो ।
दक्षिण अफ्रिका भने लगातार दोस्रो पटक फाइनल पुग्ने दाउमा छ । अघिल्लो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले भारतसँग हार बेहोरेको थियो ।
यी दुई टोलीबीच हालसम्म पाँच वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । सबै खेलमा दक्षिण अफ्रिका विजयी भएको तथ्यांक छ ।
यस्तै दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपको फाइनल खेल आइतबार आयोजना हुनेछ ।