T10 T10

विश्वकपमा आज इङल्याण्ड र न्यूजील्याण्ड भीड्दै

शुक्रबार, फागुन १५, २०८२
Global

काठमाडौँ :जारी टी–२० विश्वकप अन्तर्गत आज इङल्याण्ड र न्यूजील्याण्डबीच महत्वपूर्ण खेल हुँदैछ।

सुपर–८ चरणअन्तर्गत कोलम्बोमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

इङल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको हुँदा आजको खेल न्यूजील्याण्डका लागि निर्णायक मानिएको छ। न्यूजील्याण्डले जित हात पारे सेमिफाइनलमा स्थान बनाउनेछ र समूह–२ बाट पाकिस्तान बाहिरिनेछ।

तर इङल्याण्ड विजयी भएमा न्यूजील्याण्ड र पाकिस्तान दुवैको सेमिफाइनल सम्भावना जीवित रहनेछ।

यस समूहबाट भने श्रीलंका दुवै खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्