सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू–२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा नेपालसहित सात राष्ट्रको सहभागिता रहनेछ।
समूह ‘ए’ मा आयोजक माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन्।
प्रतियोगिताको उद्घाटन खेल मार्च २३ मा हुनेछ। सो दिन नेपालले भुटानसँग खेल्नेछ भने माल्दिभ्सले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। मार्च २४ मा पाकिस्तान र बंगलादेश आमनेसामने हुनेछन्।
मार्च २५ मा नेपालले श्रीलंकासँग खेल्दा भुटानले माल्दिभ्सको सामना गर्नेछ। मार्च २६ मा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, मार्च २७ मा नेपाल र माल्दिभ्स तथा भुटान र श्रीलंका खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेल मार्च २८ मा बंगलादेश र भारतबीच हुनेछ।
समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेल अप्रिल १ मा र फाइनल अप्रिल ३ मा हुनेछ।