हिसान फुटबलको उपाधि रेडस्टार कलेजलाई

आइतबार, माघ १८, २०८२

विराटनगर :उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार राती सम्पन्न भएको हिसान फुटबल अन्तरगत छात्र तथा छात्रातर्फ रेडस्टार कलेजले उपाधि जितेको छ ।

शहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमो रेडस्टार कलेजले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले परािजत गरि उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो  । रेडस्टारको जितमा मनिष लिम्बु, रुद्र योगी, रिशव मगर, सौगात राई र प्रशान्त तामाङले गोल गरे भने शिक्षा सन्देशका योहाना लिम्बु,मिलन थापा, राहुल राजवंशी र प्रेम हलुवाईले गोल गरे । शिक्षा सन्देशका अनुप धिमालले गरेका प्रहार रेडस्टारका सागर दर्नालले उत्कृष्ट बचाउ गरेर रेडस्टारको जित सुनिश्ति गरे ।

फाइनल खेलको प्लेयर अफ फाइनल शिक्षासन्देशका मिलन थापा घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट कान्तिपुरका प्रकाश ताती भए । त्यस्तै हाइ स्कोरर बुद्ध कलेजका जतिनकुमार थारु, उत्कृष्ट गोलकिपर रेडस्टारका सागर दर्नाल, उत्कृष्ट डिफेन्डर शिक्षासन्देशका प्रेम हलुवाई र उत्कृष्ट मिडफिल्डर शिक्षासन्देशका योहाना लिम्बु घोषित भए ।

त्यसतै छात्रातर्फको फाइनल खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई ७–० को फाराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।  रेडस्टारको जितमा स्मृती राईले ह्याट्रिकसहित ३ गोल, सुहाना राईले २ गोल तथा रेजिना थापा र सलिजा राईले १–१ गोल गरे । फाइनल खेलको प्लेयर अफ फाइनल अर्किडकी सुस्मिता बस्नेत घोषित भए भने  प्लेयर अफ द टुर्नामेन्ट रेडस्टारकी स्मृती राई, उत्कृष्ट मिडफिल्डर रेडस्टारकी सलिना राई, उत्कृष्ट गोलकिपर रेडस्टारकी मानसिना लिम्बु र हाइ स्कोरर रेडस्टारकी सुहाना राई घोषित भइन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्