तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने

बुधबार, चैत २५, २०८२
Global

काठमाडौं :स्व. रामहरी कृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बैशाख १६ देखि १८ गते सम्म काठमाडौंमा हुने भएको छ।
काठमाडौंको क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्षको स्मृतिमा नगद ३ लाख पुरस्कार सहित राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले नेपालमा चेस खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले बुद्धिचाल खेल मार्फत योगदान पुर्‍याउन पहिलो कोशिश रहेको जानकारी गराएका छन्।
अध्यक्ष गोपाल मालीका अनुसार कुल नगद पुरस्कार राशी ३ लाख रुपैयाँ रहेको छ, जसअन्तर्गत र्‍यापिडतर्फ २ लाख रुपैयाँ र ब्लिट्जतर्फ १ लाख रुपैयाँ छुट्याइएको छ।
र्‍यापिडतर्फको विजेताले नगद ३५ हजार पुरस्कार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार, चौथोले १० हजार, पाँचौले ८ हजार सहित अन्य ३४ जनाले विधमगत पुरस्कार जित्ने छन्।
यसैगरी ब्लिट्जतर्फ प्रथम स्थान हासिल गर्नेले नगद १५ हजार, द्वितीयले १० हजार र तृतीयले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। ब्लिट्ज खेलमा २० जना खेलाडीले विधागत पुरस्कार प्रदान गरिनेछ।

नेपाल बुद्धिचाल महासंघको तत्त्वावानमा सञ्चालन गरिने राष्ट्रिय र्‍यापिड र ब्लिट्ज दुवै विधाका राष्ट्रिय विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी गराउने महासंघका अध्यक्ष हेराकाजी महर्जनले बताए।

प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारले ब्लिट्जतर्फ ३ मिनेट प्रति चाल २ सेकेन्ड थप इन्क्रिमेन्ट र र्‍यापिडतर्फ १५ मिनेट प्रती चाल १० सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा खेलाइने जानकारी गराएका छन् ।
निर्णायक ताम्राकारले दिएको सुचनामा खेलाडीले अनलाइन दर्ता फाराम भरेर वर्ड चेस फेडेरेशनको स्वीस लिग प्रणाली अन्तर्गत दुवै विधा समान ९ चरणको खेलवाट विजेता निर्धारण गरिनेछ ।

नेपाल चेसका प्रवक्ता राजु ताम्राकार वर्तमानमा चेस पछिल्ला वर्षहरूमा व्यापक लोकप्रियता हासिल गर्दै आएका छन्, जसले नयाँ खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा जारी राखेको छ। आ.व. अन्तिम सम्म खेल आयोजकहरुको टुङ्गो लागिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्