सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा सहभागी हुने ३ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गरेका छन्।
अप्रिल १० देखि १२ सम्म आयोजना हुने प्रतियोगितामा एरिका गुरुङले महिला ६८ केजीमाथि तौल समूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछिन्। टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र व्यवस्थापकमा रवि महर्जन रहेका छन्।
बिदाइ कार्यक्रममा सदस्य–सचिव मेहताले खेलाडीले पदक जितेबापत प्राप्त गर्नुपर्ने नगद पुरस्कारका लागि आफूले गम्भीरताका साथ पहल गरिरहेको बताए। उक्त कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र मुख्य प्रशिक्षक दिपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।