T10 T10

दुई खेलाडीको विस्फोटक अर्धशतकमा यूएईद्वारा न्युजिल्यान्डलाई १७४ रनको लक्ष्य

मंगलबार, माघ २७, २०८२
Global

काठमाडौं:आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा दुई खेलाडीको विस्फोटक अर्धशतकीय ब्याटिङको मद्दतले यूएईले न्युजिल्यान्डलाई १७४ रनको लक्ष्य दिएको छ।

भारतको चेन्नईस्थित चेपक स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन जोडेको हो।

यूएईका लागि कप्तान मुहम्मद वसिम र अलिशान शराफुले उत्कृष्ट प्रदर्शन गरे। वसिमले ४५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६६ रनको महत्वपूर्ण पारी खेले। यस्तै, शराफुले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन जोडे। यी दुईको अर्धशतकले यूएईलाई सम्मानजनक तथा प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍यायो।

न्युजिल्यान्डका लागि म्याट हेनरीले २ विकेट लिए भने ज्याकब डफी, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १–१ विकेट हात पारे।

अब न्युजिल्यान्डलाई खेल जित्न २० ओभरमा १७४ रन बनाउनुपर्ने चुनौती रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्