T10 T10

स्कटल्याण्डद्धारा इटालीलाई जितकालागि २०८ रनको विशाल लक्ष्य प्रस्तुत

सोमबार, माघ २६, २०८२
Global

काठमाडौँ:आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत स्कटल्यान्डले इटालीविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ। कोलकातास्थित इडेन गार्डेन मैदानमा आज भएको खेलमा स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन जोड्यो। इटालीले अब जितका लागि २०७ रनको लक्ष्य पछ्याउनु पर्नेछ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सी चम्किए। उनले ५४ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए। ब्रान्डन म्याकमुलेन १८ बलमा ४१ रन जोड्दै अविजित रहे भने माइकल जोन्सले ३७ रनको योगदान दिए। कप्तान रिची बेरिङटनले १५ तथा माइकल लिस्कले अविजित २२ रन बनाए।

बलिङतर्फ इटालीका अलि हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जेजे स्मत्सले समान एक–एक विकेट लिए।

स्कटल्यान्डले बनाएको २०७ रनको लक्ष्य यस संस्करणकै अहिलेसम्मको सबैभन्दा ठूलो लक्ष्य हो। समूह ‘सी’मा रहेका यी दुई टोलीमध्ये स्कटल्यान्ड पहिलो जितको खोजीमा छ भने इटाली विजयी सुरुआत गर्ने लक्ष्यमा मैदानमा उत्रिएको छ।

यसअघि स्कटल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटले हार बेहोरेको थियो। समूह ‘सी’मा स्कटल्यान्ड र इटालीसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज र नेपाल पनि रहेका छन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्