सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। तीमध्ये दुई खेल भारतमा र एक खेल श्रीलंकामा आयोजना हुँदैछ।
नेपाल रहेको समूहअन्तर्गत स्कटल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताको इडेन गार्डेनमा हुने उक्त खेल बिहान सवा ११ बजे सुरु हुनेछ। स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा स्कटल्याण्ड वेस्ट इण्डिजसँग पराजित भएको थियो भने इटालीको यो पहिलो खेल हो।
दिउँसो सवा ३ बजे जिम्बावे र ओमान आमनेसामने हुनेछन्। समूह ‘बी’ मा रहेका दुवै टोलीको यो पहिलो खेल हो। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा हुनेछ।
यसैगरी समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल सुरु हुनेछ। यी दुई टोलीको पनि यो पहिलो खेल हो।