सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इंग्ल्यान्डसँग जितको नजिक पुगेर पनि पराजित भएको छ। मुम्बईको वाङखेडे रंगशालामा आइतवार भएको समूह ‘सी’ को खेलमा नेपाल ४ रनले पराजित भयो।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो तर ६ रनमै सीमित भएपछि हार व्यहोर्नुपर्यो।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ३९, लोकेश बमले अविजित ३९ तथा कुशल भुर्तेलले २९ रनको योगदान दिए।
इंग्ल्यान्डका लियाम डसनले २ विकेट लिए भने लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले समान १–१ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। इंग्ल्यान्डका ज्याकब बेथेलले ५५ तथा कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए।