बलियो इंग्ल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै, शेर मल्लको डेब्यु!

आइतबार, माघ २५, २०८२
Global

काठमाडौँ: आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत आज मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा नेपाल र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो।

नेपाली टोलीका लागि यो खेल विशेष रहनेछ। युवा खेलाडी शेर मल्लले यसै खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाइला राख्दैछन्। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका मल्ललाई विश्वकप जस्तो ठूलो मञ्चमा डेब्यु गर्ने अवसर मिलेको छ। 

यसका साथै नेपाली टोलीमा आरिफ शेख, लोकेश बाम र नन्दन यादवले पनि पहिलोपटक टी–२० विश्वकपको अनुभव बटुल्दैछन्। अर्कोतर्फ, अनुभवी खेलाडी सोमपाल कामीले भने सन् २०१४ र २०२४ पछि तेस्रोपटक विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा स्पिन र पेसको सन्तुलन मिलाउने प्रयास गरिएको छ। 
आजको अन्तिम ११ मा यी खेलाडीहरू रहेका छन्।
रोहित पौडेल (कप्तान)
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बाम
गुलशन झा
करण केसी
नन्दन यादव
सन्दीप लामिछाने
शेर मल्ल (डेब्यु)
विश्वकपको समूह 'सी' मा रहेको नेपालले आजको खेलपछि थप चुनौतीपूर्ण प्रतिद्वन्द्वीहरूको सामना गर्नेछ। यस समूहमा नेपाल र इंग्ल्याण्डका साथै वेस्ट इण्डिज, स्कटल्याण्ड र इटाली रहेका छन्। मुम्बईको कन्डिसनमा नेपाली स्पिनरहरू र ब्याटरहरूले कस्तो प्रभाव पार्छन् भन्नेमा सबैको चासो रहेको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्