T10 T10

विश्वकपमा नेपालले आज इङ्ल्याण्डसंग खेल्दै

आइतबार, माघ २५, २०८२
Global

काठमाडौँ:आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज इङ्ल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र इङ्ल्याण्ड बीचको खेल भारतको वान्खेडे क्रिकेट स्टेडियम, मुम्बइमा दिउँसो सवा ३ बजे हुनेछ । यो खेल नेपालकालागि निकै महत्वपूर्ण छ । पहिलो खेलमै हेभीवेट इङ्ल्याण्डसँग भीड्न नेपालकालागि त्यति सहज भने छैन ।

तर असम्भवपनि हैन । यसअघि समुह चरण पार गर्न नसकेको नेपाल सुपर ८ मा पुग्ने लक्ष्यकासाथ मैदान उत्रदैँछ ।

यस पटक नेपाल रहेको समुह सी मा बंगालादेशले नखेल्ने भएपछि उसको स्थानमा स्कटल्याण्ड खेल्ने छ । जुन कुरा नेपालकालागि केहि सहज देखिन्छ । विश्वकपअघिको वार्मअपमा युएई र क्यानाडालाई हराएको नेपाल उच्च लयमा छ ।

आज हुने खेलकालागि नेपाललाई शुभकामना ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०५:३२
प्रतिक्रिया दिनुहोस्